बिहे गर्न कर गरेपछि प्रेमीले हत्या गरी, पोखरी छेउमा खाल्डो खनी गाडे


धनुषामा प्रेमीले एक महिलाको विभत्स हत्या गरेको खुलेको छ।विवाह गर्न कर गरेपछि धनुषाको मिथिला विहारी नगरपालिका ८ तारापट्टीकी ४१ वर्षीया उषा दासको हत्या गरी घर पछाडि रहेको पोखरी छेउमा खाल्डो खनेर गाडिएको प्रहरीले जनाएको छ।

बाराको कलैया नगरपालिका १८ घर भई जनकपुरस्थित घर बनाउने मिस्त्रीको काम गर्दै आएका २२ वर्षीय ओमलाल मण्डलले गत जेठ २५ गते राति उषाको हत्या गरेको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

उनका अनुसार आइतबार बेलुकी मृतक उषाको घरबाट २० मिटर दक्षिण पश्चिमस्थित पोखरीको छेउमा गाडिएको र जनावरले खोस्रिएको अवस्थामा शव फेला परेको थियो।

ओमलाल र उषाबीच अनैतिक सम्बन्ध थियो। उषाले पटक पटक उनलाई विवाह गर्न भन्थे तर ओमलालले नमानेर पटकपटक टाढा रहन खोज्थे। बेलाबेला महिलाले उनलाई जबरजस्ती घरमा ल्याउने गरेकी थिइन्’, डिएसपी गौतमले भने, ‘२५ गते राति ११ बजेतिर दुबै जनाबीच बिहेकै विषयमा विवाद भयो। ओमलालले एक थप्पड हाने र थप्पड हान्नसाथ उषा बाहिर निस्केर भाग्न लाग्दा उनले घाँटी थिचेर मारेको अनुसन्धानमा देखिएको छ।’

उषाको मृत्यु भइसकेपछि ओमले शवलाई चाँडो सडाउनको लागि उनको कपडा खोलेर नाङ्गै खाल्डोमा गाडेका थिए। सो कपडा पोखरीको अर्को छेउमा गाडेर उषाले प्रयोग गरेको मोबाइल समेत पोखरीमै फालेको खुलेको डिएसपी गौतमले बताए।यो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post