काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो

काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरीनजिकैबाट त्रिशूली नदीमा खसेको छ । धादिङको गजुरी गाउँपालिका-१ चालीसेछहराबाट त्रिशूली नदीमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

अहिले घाइतेहरूको उद्धार भइरहेको एसपी मिश्रले बताए । 'त्रिशूली नदीमा बस खसेको छ । अहिले घाइतेहरूको उद्धार भइरहेको छ । केहीलाई अस्पताल लगिएको छ । केही सिरियस घाइते पनि छन्,' एसपी मिश्रले भने ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post