हार्दिक श्रद्धाञ्जली कठै घाँस काट्न गएकी आउजिको भीरबाट लडेर मृत्य


अछाममा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । अछामको मंगलसेन नगरपालिका–३ लाक्षीमनाकी उज्जली आउजीको घाँस काट्न गएको बेला बुधवार भीरबाट खसेर मृत्यु भएको हो ।

गाउँ नजिकै रहेको कोटसिम सामुदायिक वनबाट घाँस काटेर फर्किने बेलामा खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय सुरेन्द्र बोगटीले जानकारी दिए। करिब तीनसय मिटर तल खसेर उनको निधन भएको बताइएको छ ।

Post a Comment

Previous Post Next Post