तीन जना सवार मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका-१० मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शनिबार बेलुका साढे ९ बजे प्र.१-०२-०४४ प ८८९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल पछाडि सवार त्रियुगा- ६ जलजले का २५ वर्षीय सुदीप चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुर गाईघाटमा मृत्यु भएको हो।


घाइते भएका चालक त्रियुगा- ६ का २२ वर्षीय पंकज चौधरी र २७ वर्षीय मुकेश चौधरीलाई थप उपचारको लागि विराटनगर लगिएको छ। उनीहरु तीनै जना एउटै मोटरसाइकलमा सवार रहको उदयपुर प्रहरीले जनाएको छ

Post a Comment

Previous Post Next Post