१५ दिनदेखि हराइरहेकी महिलाको शव जंगलमा यस्तो अवस्थामा भेटियो

>

 १५ दिनदेखि हराइरहेकी महिला मृत अवस्थामा फेला परेकी छन् । ३८ वर्षीया मायाको शव फेला परेको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख प्रजित केसीले अनलाइनखबरलाई बताए ।

उनी बेपत्ता भएको भन्दै परिवारले खबर गरेपछि प्रहरीले विभिन्न स्थानमा सर्च अपरेशन चलाएको थियो । तर, फेला परेकी थिइनन् ।

बिहीबार शव भेटिएको स्थान प्रहरी वृत्त, जगानीबाट ५ किलोमिटर दक्षिण पश्चिमतिर पर्ने प्रहरीले जनाएको छ । उनको खोजीमा असार १७ तेदेखि नै प्रहरीको तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको थियो ।


तर, कुनै सुराक हात लागेको थिएन । अहिले शव भेटिएको स्थान नजिकै विषको एउटा बट्टा पनि फेला परेको छ । उनले त्यो विष सेवन गरे नगरेको यकिन गर्न प्रहरीले भिसेरा जाँच गर्ने भएको छ ।


‘शवलाई पोष्टमार्टमका लागि पठाएका छौं, भिसेरा जाँचबाट मृत्यु हुनुअघि खाएको के–के खाएको थियो भन्ने थाहा हुन्छ’, केसीले भने, ‘त्यसपछि नै मृत्युको कारण खुल्नेछ ।’ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ 

Post a Comment

Previous Post Next Post