घरबाट घाँस काट्न गएकी महिलाको शव यस्तो अवस्थामा मकै बारीमा फेला पर्यो

सल्यानमा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव भेटिएको छ ।

शारदा नगरपालिका-१४ माल्नेटा ढारखानीकी करिब ४७ वर्षकी प्रमिला गिरीको आइतबार बिहान गाउँ नजिकै मकैबारीमा शव फेला भेटिएको हो ।

बिहानै घरबाट घाँस काट्न गएकी महिला घर नआएपछि परिवारले खोजी गर्दा मकैबारीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

घटनाको प्रकृति हेर्दा महिलाको हत्या गरेको हुन सक्ने प्रहरी निरीक्षक सन्तोष खनालले बताए । यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Post a Comment

Previous Post Next Post