आज देशका यि ठाउँमा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

पछिल्लो तीन घण्टामा बाराको निजगढ, अमलेखगञ्ज, सर्लाहीको कर्मैया र आसपासका क्षेत्रमा ठूलाे वर्षा भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

वर्षाका कारण बकैया नदीसहित त्यस क्षेत्रमा बहने साना ठूला नदीहरुमा जोखिम बढेको छ ।यस्तै, सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार, धनकुटा लगायतका क्षेत्रमा पनि ठूलो पानी परेको छ । ती क्षेत्रमा पनि सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तै, पछिल्लो तीन घण्टामा मकवानपुरको मकवानपुरगढी, कास्कीको लुम्ले र जुम्लेटी, पर्साको ठोरी, बाराको कलैया र परवानीपुर वर्षामापन केन्द्रमा पनि ठूलाे वर्षा भएकाले आसपासका क्षेत्रमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । अहिले कोशी र गण्डकी प्रदेशका केही क्षेत्रमा पानी परिरहेको छ ।

Post a Comment

Previous Post Next Post