आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुन र चाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुन र चाँदीकै मूल्य घटेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।


हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ छ । हिजो सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको थियो ।


यस्तै, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १४ सय २५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँ कायम थियो ।

Post a Comment

Previous Post Next Post