हार्दिक श्रद्धाञ्जली कठै श्रीमतीलाई बचाउन खोज्दा करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

झापाको अर्जुनधारा नगरपालिकामा बुधबार दिउँसो करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अर्जुनधारा–९ का बासिन्दा २४ वर्षीय अमृत रेग्मीको करेन्ट लागेर मृत्यु भएको हो।

गाईवस्तुको आहार काट्ने मेसिनबाट अचानक उनकी श्रीमती ममतालाई करेन्ट लागेपछि बचाउन खोज्दा अमृतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए।

उनका अनुसार करेन्ट लागेर घाइते भएका दुवैलाई उपचारका लागि शनिश्चरेस्थित शंकर अस्पताल लैजाँदै गर्दा अमृतको बाटैमा मृत्यु भएको हो।

२२ वर्षीया ममताको अवस्था भने मध्यम रहेको र हाल बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ।


कानुनी प्रक्रिया पूरा गरी अमृतको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।

इलाम नगरपालिका–२ स्थायी घर भएका रेग्मी परिवार केही समयदेखि अस्थायी रूपमा अर्जुनधारा–९ कटहरडाँडामा बसोबास गर्दै आएका थिए।
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

1 Comments

Previous Post Next Post