थपा नव ज्योती सुधार केन्द्रका सञ्चालक शुशिल रिजाललाई भेट्न सुधार केन्द्र पुगेको बताइएको छ । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार बिहीबार दिउसो १ बजेतिर थापा सो सुधार केन्द्रमा गएका थिए ।
त्यहाँ दही चिउरा खाएर सुतेका थापालाई सवा ९ बजेतिर सुधारकेन्द्रका उनका साथीहरुले उठाउँदा न उठेपछि अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दाहालले हाम्रो विराटनगरलाई जानकारी दिए ।
प्रहरीका अनुसार थापाको उक्त सुधार केन्द्रमा आउजाउ भइरहन्थ्यो । ‘प्रारम्भिक अनुसन्धानमा उनी पूर्व लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ । अहिले सेवन गरेको होकी होइन खुलेको छैन ।’ प्रवक्ता दाहालले हाम्रो विराटनगरसँग भने,‘त्यहाँ उनको चिनजान भएर आउनेजाने रहेछ । हिजो दहि चिउरा खाएर सुतेको भन्ने कुरा आएको छ । सवा ९ बजेतिर उठाउँदा नउठेपछि सुधार केन्द्रबाट अस्पताल लाँदा मृत्यु भइसकेको देखिएको छ ।’
प्रवक्ता दाहालले मृतकको शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।