जानकीले हसियाले प्रहार गर्दा राधिकाको टाउकोमा दुई घाउ भएका छन् भने खुट्टामा समेत घाउ बनाएको पीडित महिलाकी भाउजु सरीता बोहरा महराले बताइन् । जानकीले आफ्नै बुहारी राधिकालाई यसअघि पनि पटक पटक कुटपीट गर्दै आएकी थिइन् ।
शनिबार दिउँसो जानकीले राधिकाको टाउको र अन्य ठाउँमा हसियाले प्रहार गर्दा उनी भागेर माइत पुगेकी थिइन् । ३ छोराछोरीकी आमा राधिकाको काखमा सात महिने दुधे बालक समेत रहेको छ ।
सासुले कुटपीट गर्नथालेपछि आफू भागेर माइत आएको उनले बताइन् । घाइते राधिकाले आइतबार जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी छन् । सासुले लगातार कुटपीट गर्न थालेपछि राधिकाले जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएकी छन् ।
पीडित राधिकाको निवेदन प्रहरीमा आएको र पीडकलाई बोलाएर यो बिषयमा छलफल गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
दुवै पक्षलाई बोलाएर घटनाका बिषयमा अनुसन्धान गरिने प्रहरीको भनाइ रहेको छ । पीडित महिलाको श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका छन्