डाक्टरले नवजात शिशु १० लाखमा बेचे पछि .....

अविवाहित युवतीबाट जन्मिएको नवजात शिशु अस्पतालबाटै विक्री भएको तथ्य खुलेको छ । यसअघि आफूले जन्माएको शिशु हराएको भन्दै एक युवतीले मोरङ प्रहरीमा उजुरी दिएकी थिइन् ।

युवतीको उजुरीका आधारमा मोरङ विराटनगरमा रहेको ग्रिनक्रस अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्ण र अविवाहित युवतीका प्रेमी गोविन्द राईलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परे लगत्तै डाक्टर कर्ण बिरामी भएर अस्पताल भर्ना भएका थिए । उनी आज अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसलगत्तै प्रहरीले लिएको बयान र अनुसन्धानले उक्त शिशु ८ देखि १० लाखमा विक्री भएको अनुमान गरेको छ । उनले विक्री गरेको भने पुष्टि भएको प्रहरीको भनाइ छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post