हार्दिक श्रद्धाञ्जली कठै पहिरोमा परी बाबुछोरीको ज्यान गयो, आमाछोरा घाइते


काठमाण्डौको तारकेश्वर नगरपालिका–३ चो गाउँमा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ ।


गएराति पहिरोले घर पुर्दा गणेश तामाङ र उहाँकी छोरीको ज्यान गएको वडा अध्यक्ष परशुराम अर्यालले जानकारी दिनुभयो ।


उहाँका अनुसार गणेश तामाङकी श्रीमती र छोरा घाइते हुनुभएको छ ।



घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । पहिरोले तामाङको परिवार बस्दै आएको घर पुरेको हो ।
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post