बस खस्दा दुर्घटना हुँदा, ११ जनाको मृत्यु

पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम पाकिस्तानमा मंगलबार पहाडी सडकबाट बस चिप्लिएर।

खाल्डोमा खस्दा कम्तीमा ११ जना आन्तरिक पर्यटकको मृत्यु हुनुका साथै दुई जना घाइते भएका हुन् ।खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाको गेबिन जब्बा नजिकैको रमणीय लालको उपत्यकामा सो दुर्घटना भएको हो ।

मृत्यु भएका ११ व्यक्ति स्वात उपत्यकाको मट्टा तहसीलका बासिन्दा भएको बताइएको छ । उनीहरु यात्रापछि घर फर्किने क्रममा दुर्घटनामा परेका थिए । पुराना सडक, चालकको लापरबाही आदि कारणले पाकिस्तानमा बारम्बार सडक दुर्घटना हुने गरेका छन् ।दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। *****भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post