चार दिनदेखि बेपत्ता कुवेरको शव खाल्डोमा गाडिएको अवस्था फेला

कञ्चनपुरमा चार दिनदेखि बेपत्ता भएका एक जना खाल्डोमा गाडिएको अवस्थामा मृत फेला परेका छन्क्रबार कृष्णपुर नगरपालिका–२ बङ्क नवदुर्गा टोलका ३५ वर्षीय कुवेर दमाई मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए।


दमाईको शव घरदेखि करिब पाँच सय मिटर टाढा बन्द नदी किनारमा गाडिएको अवस्थामा फेला परेको डाँगीले बताए।

स्थानीयले बाख्रा चराउन जाने क्रममा नदीको किनारमा खनेको माटो देखेपछि बिहीबार साँझ प्रहरीलाई खबर गरेका थिए। दमाई साउन १५ गतेदेखि बेपत्ता थिए।


प्रहरीका अनुसार उनको शव खाल्डोमा सडेगलेको अवस्थामा फेला परेको छ।

हत्या गरिएको हो वा अन्य कारणले मृत्यु भई शव गाडिएको भन्नेबारे पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर राखिएको छ
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post