जापान काण्ड’ भन्दै जापनमा रहेकी प्रेमिकाको भिडियो प्रेमीले पोर्न साइटमा राखिदिएपछि…


मायापिरतीका संवाद र अन्तरङ्ग साटासाट गर्दाको संवादका कतिपय पल सुखद मात्र रहँदैनन्, सम्बन्ध बिग्रियो भने पीडादायी र भयावह हुन सक्छन् । त्यसको उदाहरण प्रकाश र रस्मिला (नाम परिवर्तन) को सम्बन्ध बनेको छ ।

घटना अनुसार म्याग्दी साबिक अर्मन गाविस–२ का २७ वर्षीय प्रकाश विक र म्याग्दीकै २३ वर्षीय रस्मिलाबिच नेपालमा हुँदा बसेको प्रेम दुई फरक देशमा पुगेपछि थप प्रगाढ बन्छ । उच्च शिक्षाका लागि जापानमा पुगेकी रस्मिला र वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका प्रकाशबिचको इन्टरनेट फोनमा हुने कुराकानी अक्सर नग्न अवस्थामै हुन थाल्छ । प्रकाशले रस्मिलाका नग्न तस्बिर र भिडियो झुक्याएर मोबाइलमा सुरक्षित राख्न रेकर्ड गर्छन् ।

जापानमा रहेकी रस्मिला अध्ययन र विदेशको रहनसहनमा बिस्तारै घुलमिल हुँदै जान्छिन् र प्रकाशसँगको कुराकानी बिस्तारै कम हुँदै जान्छ । प्रकाशले यसलाई अनेक शङ्कामा रस्मिला र परिवारलाई पनि पठाई तिनै भिडियोलाई प्रतिशोधका रूपमा प्रयोग गर्न थाल्छन् । त्यतिले मात्र नपुगी अश्लील भिडियो पोर्न साइटमा राख्छन् ।

 सामाजिक सञ्जालको म्यासेजमा आउने नग्न भिडियो पोर्न साइटमै आएपछि रस्मिला र परिवारै छाँगाबाटै खसेजस्तै बन्छन् ।उच्च शिक्षाका लागि झन्डै एक वर्षअघि जापान पुगेकी रस्मिलाको अध्ययनको लक्ष्य आफ्नै नग्न तस्बिरले धुमिल बनाउँछ । परिवार, आफन्त र शुभचिन्तकलाई यो घटनाले सामाजिक प्रतिष्ठा र इज्जतमा पु¥याएको आधातको लेखाजोखा नै छैन ।

नेपाली युवतीको जापान काण्ड’ नाममा पोर्न साइटमा अपलोड गरिएका नग्न भिडियो नेपाल प्रहरीको साइबर ब्युरोको सव्रिmयताले थप छरपस्ट भने हुन पाएन । प्रेमिकालाई झुक्याएर विभिन्न बहानामा नग्न हुन बाध्य बनाई रेकर्ड गरेका नग्न भिडियो, फोटा सामाजिक सञ्जाल र पोर्न साइटमा अपलोड उनै प्रकाश विकलाई नेपाल प्रहरीले ‘रेड कर्नर नोटिस’ जारी गरी नेपाल ल्याई कानूनी कारबाही अघि बढाएको छ । फोटो : नेपाल प्रहरीको विज्ञप्तिमा प्रतिकात्मक तस्विर

Post a Comment

Previous Post Next Post