मानिसको कंकाल यस्तो अवस्थामा फेला पर्यो

रोल्पामा एक मानव कङकाल फेला परेको छ । रोल्पा जलजलाको धरमपानी भन्ने स्थानको नजिकै कङकाल फेला परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सुचना अधिकारी प्रकाश भुसालका अनुसार भेटिएको मानव कङ्कालको पहिचान भएको छैन । कङ्कालको पहिचान र पोष्टमार्टमको लागि रोल्पा अस्पताल रेउघा ल्याउदै गरेको जानकारी दिनुभयो ।

प्रहरी कार्यालय रोल्पा, ईलाका प्रहरी कार्यालय सुलिचौर र जेलबाङ प्रहरी कार्यालय पोवाङ रोल्पाको सँयुक्त टोलीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सुचना अधिकारी प्रकाश भुसालले मालश्री खबरलाई जानकारी दिनुभएको छ ।

Post a Comment

Previous Post Next Post