तीर्थयात्री बोकेको रेलमा आगलागी : ९ जनाको मृत्यु

भारतको तमिलनाडु राज्यको मदुरै स्टेसननजिकै एउटा रेलमा आगो लाग्दा ९ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार लखनऊबाट तीर्थयात्री लिएर आएको रेलमा आगलागी भएको हो ।

५५ जनालाई भने सकुशल उद्धार गरिएको भारतीय अधिकारीहरूले जनाएका छन् ।गस्ट १७ मा लखनऊबाट उक्त रेल रामेश्वरको तीर्थयात्रामा निस्किएको थियो । शनिबार बिहान मदुरै पुगेका तीर्थयात्रीले शुक्रबार नागरकोइलमा रहेको पद्मानभा स्वामि मन्दिरको दर्शन गरेका थिए ।

प्रत्यक्षदर्शीहरूका अनुसार केही यात्रीले रेलभित्रै सिलिन्डर ग्यासँ प्रयोग गरेर चिया पकाइरहेका थिए ।

त्यहीँबाट आगलागी भएको हुन सक्ने अनुमान गरिए पनि घटनाको जाँच भइरहेको अधिकारीहरूले बताएका छन् ।यसैबीच आगलागीमा मृत्यु भएका व्यक्तिका परिवारलाई भारतीय रेल्वे प्रतिपरिवार १० लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।

Post a Comment

Previous Post Next Post