त्रिवेणीमा बस दुर्घटना, २ जनाकाे ज्यान गयाे


शहीदमार्ग सडकअन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिला बजार नजिकै बस दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएको छ ।

आज मङ्गलवार रोल्पाको बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटनामा परेको हो ।दुर्घटनामा सात जना गम्भीर घाइते भएका र उनीहरूकाे उद्धार भइरहेकाे राेल्पा प्रहरीले जनाएकाे छ । केही यात्रु बसले च्यापिएको हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या बढ्न सक्ने बताइएकाे छ । घटनाकाे थप विवरण आउन बाँकी छ ।

Post a Comment

Previous Post Next Post