आफ्नै १४ वर्षीया नातिनीलाई ६५ वर्षीय हजुरबुबाले गर्भवती बनाएपछि...

आफ्नै १४ वर्षीया नातिनीलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा  एक व्यक्ति पक्राउ परेका छन् । ६५ वर्षीय ती व्यक्तिले आफ्नै छोराकी छोरीलाई एक वर्षयता करणी गर्दै आएको र उनको चार महिनाको गर्भ रहेको खुलेको जनाइएको छ ।

दुई दिनअघि पक्राउ गरिएका ती व्यक्तिलाई जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

पछिल्लो एक वर्षयता बालिकालाई पटक–पटक करणी गरेको र गर्भसमेत रहेको पीडितको स्वास्थ्य जाँचबाट थाहा भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपले  बताए । आरोपित व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post