बिहे गरेको केही दिनमै नवदुलहा–दुलहीको गोली हानी हत्या गरे पछि ...

पाकिस्तानको पञ्जाब प्रान्तमा एक नवविवाहित जोडीको गोली हानी हत्या गरिएको छ । गत बुधवार बिहान अपरिचित व्यक्तिले घरभित्र पसेर नवविवाहित जोडीलाई गोली हान्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यो घटना हालै सार्बजनिक भएको हो ।

प्रहरीले यो घटनालाई अनर किलिङसँग जोडेर हेरिरहेको छ । लाहोरबाट ६० किलोमिटर टाढा कसुर जिल्लाको फुलनगरमा बस्ने मोहम्मद जुल्फिकारले केही साताअघि शगुफ्ता बीबीसँग विवाह गरेका थिए । तर जुल्फिकार र शगुफ्ता बीबीको परिवार यो विवाहका लागि तयार थिएनन् भन्ने प्रहरीको भनाइ छ ।

प्रहरीले केटीको परिवारले उनको रोजाइको विरोध गरेको दाबी गरेको छ । वास्तवमा शगुफ्ताको परिवारले उनको विवाह उनीहरुले मिलाएको केटासँग गरुन् भन्ने चाहन्थे । तर शगुफ्ता घरबाट भागेर अदालतमा विवाह गरेकी थिइन् । त्यसपछि उनीहरूको हत्या गरियो ।

यस्तो अवस्थामा प्रहरीले शगुफ्ताका बुवा र भाइविरुद्ध एफआईआर दर्ता गरेको छ । साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । एक मानव अधिकारकर्मीलाई उद्धृत गर्दै पत्रिका डनले आफ्नो प्रतिवेदनमा देशमा हरेक वर्ष करिब एक हजार महिलाको परिवारको इज्जतको नाममा हत्या हुने गरेको जनाएको छ ।

Post a Comment

Previous Post Next Post