हार्दिक श्रद्धाञ्जली कठै पहिरोमा परेर आमा छोराको भयो एउटै चिहान

हार्दिक श्रद्धाञ्जली कठै पहिरोमा परेर आमा छोराको भयो एउटै चिहान

बैतडीकाे पुर्चौडी नगरपालिका-२ को भैरुमा पहिराेमा परि आमा छाेराकाे ज्यान गएकाे छ । गएराति घरमाथिबाट खसेको पहिरोले पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उहाँका पाँच वर्षीय छोरा रिजन जागरीकाे ज्यान गएको हो ।


पहिराेमा पुरिएर अञ्जुका श्रीमान् गोब्बर जागरी घाइते हुनुभएकाे इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिनुभयो ।
स्थानीय र प्रहरीको सहयोगमा गोब्बरकाे उद्धार गरिएको र उहाँकाे उपचार भइरहेकाे चाैधरीले बताउनु भयाे ।

Post a Comment

Previous Post Next Post