हराएको एक महिना पछि बालकको कंकाल फेला

बैतडीको पञ्चेश्वर गाउँपालिकामा हराएको एक महिनापछि रमेश भट्टको कंकाल भेटीएको छ ।गत साउन ७ गतेदेखि हराएका पञ्चेश्वर गाउँपालिका ४ कनिना डाङ्गाका माधव भट्टका छोराका १४ बर्षीय रमेश भट्टको कंकाल भेटीएको हो। 

भट्टको कंकाल खानेपानीको लाइन मर्मतका लागि पुगेका स्थानीयले भेटाएका हुन् । गाउँपालिकाको वडा नम्बर ३ मड वल्या खोलाको खानेपानी ट्यांकी नजिक भट्टको शव फेला परेको हो ।

रमेशले प्रयोग गरेरका चप्पल र कपडाको आधारमा उनको कंकाल पहिचान भएको थियो । रमेशलाई जंगली जनावरले आक्रमण गरेर मारेको हुन सक्ने अनुमान गरिएको छ ।

घरबाट हराएका रमेश सुस्त मनस्थितीका थिए । हराएको दिन नै परिवारले रमेशको खोजीका लागि प्रहरीमा निवेदन समेत दिएको थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post