घाँस काट्न जाँदा बेपत्ता भएका आमा छोराको शव यस्तो अवस्थामा फेला पर्यो

घाँस काट्न जाँदा खोलाले बगाएर बेपत्ता भएका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ रागेचुरीका आमाछोराको शव फेला परेको छ ।

घाँसको भारी लिएर घर फर्कंदै गर्दा स्थानीय खड्कुले खोला पार गर्ने क्रममा तीन दिनअघि बगाएर बेपत्ता भएका छोरा २८ वर्षीय राजकुमार गोलेको शव हरिहरपुरगढी गाउँपालिका–६ को क्यानखोला र खड्कुले खोलाको दोभानमा फेला परेको प्रहरीले जनाएको छ ।

५७ वर्षीया आमा मायाकुमारी गोलेको शव भने रौतहटको वाग्मती किनारमा आइतबार बिहान फेला परेको छ । ती आमाछोरा स्थानीय ब्रह्मठाकुर सामुदायिक वनको जंगलमा घाँस काटेर फर्किंदा खोलाले बगाएर बेपत्ता भएका थिए ।

Post a Comment

Previous Post Next Post