अनौठो शिशुको जन्म, टाउको तिर खुट्टा


अनौठो शिशुको जन्म भएको छ ‌। बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका – ८ कालागाउँ माल्लेकी एक महिलाले टाउको तिर खुट्टा भएको अनौठो बच्चा जन्माएकी छन् ।

कालागाउँको माल्लेकी १७ वर्षीया सिमा लुहारले कटौजपानी स्वास्थ्य चौकीमा बिहिवार आज बिहान सो बच्चा जन्माएको अ.न.मी रमिता जोशीले बताइन । जन्मिएको बच्चा छोरी रहेको छ, अ.नमी जोशीले भनिन, “जन्मने मिति. भन्द एक हप्ता माथी जनमिएको बच्चाको टाउको तिर खुट्टा भएको र हात पनि खुट्टा जस्तै माथि गएको छ।” सिमाको बच्चाको जन्म जोखिमपूर्ण रुपमा भएको स्वास्थ्य चौकी स्रोतले बताएको छ ।


बच्चा जन्माउन स्वास्थ्य संस्थामा आएको र सिमा सँग आफन्तहरु आएका अ.न.मी जोशीले बताईन। उनले भनिन , सिमालाई कम उमेर भएको र धेरै कमजोर भएकोले यस्तो बच्चा जन्मिएको हो।


लुहारको दुई महिना हुँदा गर्भ जाँच गराउँदा बच्चाको अवस्था ठिकै रहेको एवम् गर्भमा रहदा बच्चा एउटै ठाउँमा बसेकोले यस्तो भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । लुहारको आर्थिक अवस्था कमजोर छ । उनले भने, “स्वास्थ्यकर्मीले बच्चाको टाउको तिर खुट्टा भएको र हात पनि त्यस्तै भएको जानकारी दिए । सिमाका श्रीमान नरी लुहार रोजगारीको सिलसिलामा भारतमा छन् । “


यसको उपचार सम्भव रहेको र हाड जोर्नी अस्पतालमा देखाउनुपर्ने स्वास्थ्य चौकी प्रमुख महेश सिंह बिष्टले जानकारी दिए 

Post a Comment

Previous Post Next Post