नदीमा डुबेर एक जना वृद्धाको मृत्यु

कञ्चनपुरको कृष्णपुर नगरपालिका-९ राजघाटमा एक वृद्धाको मोहना नदीमा डुबेर मृत्यु भएको छ ।

आइतबार बिहान स्थानीय ७० वर्षीय गौरीदेवी महराको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डांगीले बताए ।

नदीमा डुबेर बेपत्ता भएकी उनको नजिकै शव भेटिएको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post