दाङमा मकै बारीमा पसेका बाँदर धपाउन गएका एक ब्यक्तीको भिरबाट खसेर मृत्यु भएको छ।
बुधबार विहान १० बजेतिर बबई गाउँपालिका वडा नं. ४ निवासी ७९ वर्षीय सुन्दर सुनारको मृत्यु भएको हो।
स्थानीय राजीखहरे खोलामा खसेर उनको मृत्यु भएको उनका भाइ गणेशबहादुर सुनारले बताए ।
सुनारको शव राप्ती प्रादेशिक अस्पतालमा पोस्टमार्टम पछी आफन्तको जिम्मा लगाईएको छ । पश्चिम दाङमा बाँदर र बदेलले मकै सखाप बनाउने गरेका छन् ।