नुहाउने क्रममा डुबेर एक बालकको गयो ज्यान

सप्तरीमा नदीमा नुहाउने क्रममा डुबेर एक बालकको ज्यान गयो ।जिल्लाको छिन्नमस्ता गाउँपालिका २ रम्पुरा टोल बस्ने शैलेन्द्र मण्डलको छोरा १२ वर्षीय आशिक मण्डलको मृत्यु भएको हो ।

आफ्नै गाउँ नजिकै रहेको घोरद नदीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post