यात्रुवाहक बस दुर्घटना हुँदा..

रोल्पाको त्रिवेणी गाउँपालिका–७ स्थित रिचिमा बस दुर्घटना भएको छ । बाघमाराबाट दाङको घोराहीतर्फ जाँदै गरेको ना.५ख २६१२ नम्बरको बस दुर्घटना भएको रोल्पाका डिएसपी श्याम सारू मगरले रातोपाटीलाई बताए ।

दुर्घटनामा परेर ६ जना घाइते भएका छन्, उनीहरूको अवस्थामा गम्भीर छ । घाइतेहरूलाई उद्धार गरेर अस्पताल पठाउने प्रयास भइरहेको डिएसपी मगरले जानकारी दिए । बसमा १५ जना सवार थिए । तिला नजिकै भएको सो दुर्घटनामा बस सडकबाट करिब १ सय मिटर तल खसेको छ ।

Post a Comment

Previous Post Next Post