मामा भान्जा सवार मोटरसाइकललाई पिकअपको ठक्कर, मामाको मृत्यु

झापाको कनकाईमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

कनकाइ नगरपालिका – ४ स्थित कोटीहोममा हिजो राति मे ३ प ७०७९ नम्बरको मोटरसाइकलमा सवार मामा भान्जालाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको एक पिकअप भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका- ४ कोटीहोम निवासी ३५ वर्षीय शम्भु लिम्बूको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पिकअफको ठक्करबाट घाइते लिम्बूको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने पिकअपको खोजी भइरहेको प्रहरीले बताएको छ । दुर्घटनामा मोटरसाइकल चालक सागर लिम्बूको अवस्था सामान्य रहेको बताइएको छ । मृत्यु हुने चालक लिम्बूका मामा हुन् ।

Post a Comment

Previous Post Next Post