पैदलयात्री जोगाउन खोज्दा मोटरसाइकल दुर्घटना : दुई युवकको मृत्यु

तेह्रथुमको म्याङलुङ नगरपालिका–९ मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार अपरान्ह ५ बजेतिर भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार म्याङलुङ नगरपालिका–८ का २४ ववर्षीय सविन लिम्बू र २९ वर्षीया संगम तामाङको मृत्यु भएको हो ।

को १४ प ८९२ नम्बरको रातो रङको पल्सर मोटरसाइकल म्याङलुङ जिरिखिम्ती सडकखण्डमा मोटरसाइकल पैदलयात्रीलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सूचना अधिकारी प्रहरी निरीक्षक विद्यासागर मेहताले जानकारी दिए ।

दुवै जनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल तेह्रथुममा राखिएको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post