जापानमा अध्ययनरत युवतीले नेपालमा आमाबाबुलाई भिडियो कल गरेर लाइभमा आ,त्म,हत्या गरे पछि ...

एक वर्ष अघि अध्ययनका लागि जापान पुगेकी एक नेपाली युवतीले नेपालस्थित आमाबुबासंग भिडियो कल गरेर लाइभमा झुण्डिएर आत्महत्या गरेकी छिन।

जापानको फुकुओका क्षेत्रमा बस्दै आएकी २० वर्षीया रबिना बुढाथोकीले नेपालस्थित दोलखामा आफ्ना बाबुआमालाई फेसबुक म्यासेन्जरमा भिडियो कल गरेर देखाउँदै लाइभमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

परिवारका सदस्यहरुले आत्महत्या प्रयासको कारणबारे नखुलाएपनि पारिवारिक असमझदारी पछि उनले फेसबुक म्यासेन्जरमा भिडियो कल गरेर देखाउँदै झुण्डिएको समाचारस्रोतहरुले जानकारी दिएका छन्।सोमबार साँझको घटना पश्चात फुकुओका क्षेत्रमा रहेका नेपालीहरुले उनको कोठा करिव आधा घण्टामा पत्ता लगाएपछि प्रहरी बोलाएर उद्दार प्रयास गरिएको थियो ।

प्रहरीले अगाडी फोन राखेर झुण्डिएको अवस्थामा फेला पारेको र परिवारले भनेजस्तै फोनमा भिडियो कल भएको देखिएको बताइएको छ ।आपतकालिन रुपमा प्रहरी र एम्बुलेन्स बोलाएर उद्दार प्रयास गरि अस्पताल लगिएकोमा उपचार हुँदा हुँदै मंगलबार बिहान उनको निधन भएको एनआरएनए अभियन्ता सुपेन्द्र घिसिङले जानकारी दिए ।

उनले केहिदिन अघि मात्र एउटै विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई ५ दिनका लागि नेपाल जानुपर्ने भएकोले जहाजको टिकट बुझिदिन आग्रह गरेको पाइएको छ । हाल बिदेशमा रहेका उनका भाइ समेत बिदामा नेपाल आएर फर्कनको लागि तयारी गरिरहेको बताइन्छ ।

कोठामा आत्महत्या प्रयास अघि कुनैपनि सुसाइड नोट लगायत वस्तु नभेटिएको बताइएको छ । घटना अघि बुढाथोकिले कोठामा चुक्कुल लगाएर झुण्डिएकाले उद्दारका लागि पुगेका नेपालीहरु ढोका फोडेर भित्र पस्न नसकेको र प्रहरी पुगेर उद्दार हुँदा समय धेरै लागेकाले घटनास्थलमा जीवन रहेको संकेत पाइएको थिएन । तर अस्पतालले कृतिम स्वास दिएर जीवन रक्षाको अन्तिम प्रयास गरेको थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post