एसपीले कुटेर प्रहरी जवानको कानको जाली फुटाए पछि ....


तल्लो दर्जामा कार्यरत प्रहरी हरेक तरहको भेदभाव हुने गरेको छ । कुनै अधिकृतले कुरै नबुझी तल्लो दर्जाका प्रहरीलाई कुट्ने, यातना दिने गरेका घटना यदाकदा आइरहन्छन् ।यस्तै भएको छ, बागमती प्रदेश प्रहरी गण हेटौंडामा ।

उक्त गणका गणपति एसपी महेन्द्रकुमार खड्काले दुई प्रहरी जवानलाई अन्धाधुन्द कुटपिट गर्दा कानको जाली नै फुटेको छ ।

प्रहरी जवान कुमार भण्डारी र प्रहरी जवान सन्तोष अधिकारीलाई एसपी खड्काले शनिबार विनाकारण कुटपिट गरेका छन् । एसपी खड्काको कुटाईबाट जवान भण्डारीको कानको जाली नै फुटेको छ ।

जवान भण्डारीका दम्पत्ति नै प्रहरीमा कार्यरत छन् । काभ्रेबाट गणमा सरुवा भएका भण्डारी दम्पत्तिलाई गेटबाट बाहिर निस्कन दिइएको थिएन ।

Post a Comment

Previous Post Next Post