टिपर पल्टिँदा दुई जना घाइते, एक जनाकाे अवस्था गम्भीर


पाँचथरको हिलिहाङ गाउँपालिका–७ मा टिपर पल्टिँदा दुई जना घाइते भएका छन् । मेची राजमार्गको पाँचथर खण्डअन्तर्गत जोरपोखरीदेखि फिदिम आउँदै गरेको प्रदेश ०१–०२००१ क ३८७४ नम्बरको टिपर आइतवार बिहान ११ बजे दुर्घटना भएकाे हाे ।

घाइते हुनेहरूमा चालक भोजपुरकाे षडानन्द नगरपालिका–१३ का रिनछिरिङ तामाङ र सहचालक सङ्खुवासभाका विक्रम विश्वकर्मा घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घाइतेमध्ये सहचालक विश्वकर्माको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी प्रमुख कुलबहादुर बुडाथोकीले बताउनुभयो ।
ओरालो बाटोमा गुडिरहेको टिपर 'ब्रेक फेल' भएर पल्टिएको थियो । घाइते दुवै जनालाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको छ ।

Post a Comment

Previous Post Next Post