होटलमा बेहोस अवस्थामा फेला परेका एक युवकको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगरमा रहेको डिलाइट होटलमा बेहोस अवस्थामा भेटिएका धनगढीका युुवकको मृत्यु भएको हो ।
शुक्रबार होटलमा बेहोस अवस्थामा फेला परेका धनगढी उपमहानगरपालिका–४ बोराडाँडी स्थित भगवती टोलका ३७ वर्षीय विष्णुु पनेरुको शनिबार मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले पनेरुको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए ।
उनको मृत्यु भएपछि पनेरु बेहोस अवस्थामा भेटिएको होटलको कोठामा सँगै बसेकी धनगढी उपमहानगरपालिका–१४ फुलबारीकी ३२ वर्षीया सुुमि भनिने सुमित्रा सापकोटालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । सापकोटालाई शनिबार धनगढीबाट पक्राउ गरिएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।