जंगलमा यस्तो अवस्थामा फेला पर्यो युवकको शव

मोरङ्गको केराबारी डाँगीस्थित जंगल क्षेत्रमा फेला परेको शवको पहिचान खुलेको छ ।

सुन्दरपुर डाँगी याङ्गशिला ओख्रे सडकको चारकोशे झाडी खण्डमा फेला परेको शव उर्लाबारीका जीवन दनुवारको रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार अन्दाजी ३३ बर्षीय मृतकको गोजिमा भएको मोवाईलको आधारमा उनको पहिचान भएको थियोे । केराबारी ६ का वडा सदस्य समेत रहेका आहाले डाँगीका बासिन्दा गोपाल बस्नेतले दिएको जानकारी दिए ।

लाटिझोडा साझेदारी बन र आहाले सामुदायिक बनको सिमाना अन्तरगत सुन्दरपुर डाँगी याङ्गशिला ओख्रे सडकबाट करिव १ सय ५० मिटर भित्र तारघेरा भित्र दनुवारको शव फेला परेको थियो ।

बृक्षरोपण गरिएको जंगलभित्र घोप्टो परेको अवस्थामा दनुवारको शव फेला परेको थियो । शव सडेको हुनाले तत्काल पहिचान हुन सकेको थिए । शवलाई पोष्टमार्टमको लागि धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ ।

Post a Comment

Previous Post Next Post