घरदेखि करिब ५ सय मिटर उत्तरतर्फ पर्ने सुनधारा सामुदायिक वनमा साथीहरुसँग बाख्रा चराउन गएका बेला माथिबाट खसेको ढुंगाले लाग्दा अर्जुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए । उनका अनुसार ढुंगाले बालकको टाउकोमा लागेको थियो ।
जिल्लाबाट खटिएका प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको र लासलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको प्रहरी निरीक्षक श्रेष्ठले जनाए । ‘ढुंगाले लागेर मृत्यु भएका बालक बुढाथोकीलाई आफन्तले घरमा ल्याएर राखेका थिए,’ उनले भने ।