सलोन र करिश्माकाे बिहे पार्टीमा शोभितले पछि सबै काम छाडेर नाती.नातिनी स्याहार्ने बाचा गरे पछि…..

नायक सलोन बस्नेत र एयर होस्टेज करिश्मा केसीले बुधबार काठमाडौंको पाँच तारे हायात प्यालेसमा भव्य पार्टीको आयोजना गरे । फिल्म क्षेत्रका अधिकांश मानिसहरु उपस्थित भएको यो पार्टीमा सलोन रोए ।

बहिनी सलिना बस्नेतले एउटा गीतमा नृत्य गरेपछि सलोनको आँखा रसाएका थिए ।सलोनले पनि बहिनीले आफूलाई धेरै रुवाएको बताए । मिडियासँग कुरा गर्दै सलोन र करिश्माले बिहे गर्दा मज्जा आउने अनुभव सुनाए ।

तर, दुबैले पिता शोभित बस्नेतसँग भने परिवारलाई एक बनाएर अगाडि लैजाने वाचा गरे । शोभितले पनि आफूलाई मात्र नभएर सिंगो बस्नेत परिवारलाई नै साथ लिएर अगाडि बढेको खण्डमा आफू खुशी हुने बताए ।

करिश्माले आफूले बस्नेत परिवारको एकतालाई अगाडि बढाउने बताइन् ।यस्तै, नायक सलोन बस्नेतले पनि आफूमा रहेका केही अपूर्ण कुराहरु करिश्माको आगमन पछि पुरा भएको बताए । यसअघि बस्नेत परिवारलाई एक बनाउन आफ्ना पिताले खेलेको भूमिका अब आफूले खेल्ने सलोनको तर्क थियो ।

Post a Comment

Previous Post Next Post