अध्यक्ष भट्टराई रिसोर्टमा मृत अवस्थामा भेटिए

मधेस प्रदेश मिडिया काउन्सिलको अध्यक्ष शिवहरि भट्टराईको निधन भएको छ । अध्यक्ष भट्टराई एक कार्यक्रममा सहभागी हुन् शुक्रबार सर्लाही पुगेका उनी शनिबार बिहान मृत भेटिएका हुन् ।

शुक्रबार नेपाल पत्रकार महासंघ सर्लाहीको साधारण सभामा पुगेका उनी आज बिहान होटलको कोठामा मृत भेटिएको सञ्चारकर्मी मनोज यादवले जनाएका छन् । पत्रकार यादवले भट्टराई ‘हिजो बेलुका हामीसँगै खाना खाएर होटलमा सामान्य अवस्थामा फर्किनु भएको थियो, तर आज बिहान उनको निधन भएको बताएका छन् ।

उनी समयमा कार्यक्रम स्थलमा नआइपुग्दा खोजतलास गरिएको थियो । पछि उनी बसेको होटलको कोठा जाँदा भित्रबाट चुकुल लागेको र चुकुल तोडेपछि बेडमै लडेको अवस्थामा भेटिएका हुन् ।

यदवका अनुसार अध्यक्ष भट्टराईको मुखबाट रगत निस्किएको देखिएको छ । त्यस लगतै उनी मृत भएको हामीले पाइएका थियौँ । उनको निधन हृदयघातका कारण हुन् नसक्ने पत्रकार यादवको भनाइ छ । अन्दाजी ७० वर्षीय भट्टराई उच्च रक्तचापका रोगी थिए ।

उनी लामो समयदेखि सप्तरीबाट पत्रकारिता गर्दै आएका थिए । पछि मधेस प्रदेश सरकारले उनलाई मधेस प्रदेशको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त गरेका थिए ।

Post a Comment

Previous Post Next Post