यीनै हुन् तेह्रथुममा मोटरसाइकल दु°र्घटना हुँदा ज्यान गुमाउने युवक !

विजय र्‍यालीबाट फर्कने क्रममा तेह्रथुममा भएको मोटरसाइकल दु°र्घटनामा युवकको मृ°त्यु भएको छ । फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मोटरसाइकल दु°र्घटनामा परी मृ°त्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता छिपिन्जो भोटेले बताए।

सदरमुकाम म्याङ्लुङबाट ओयाक्जुङ फर्किने क्रममा को २१ प ४२२८ नम्बरको मोटरसाइकल दु°र्घटना भएको हो । लिम्बू नेपाली कांग्रेसका कार्यकर्ता हुन् ।

म्याङलुङस्थित दस गते पार्कमा मोटरसाइकल अनियन्त्रित भइ सडकको पिलरमा ठोकिएपछि घाइते भएका लिम्बूको उपचारका लागि धरान लाने क्रममा बाटोमै मृ°त्यु भएको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post