MrJazsohanisharma

बुबाको निधन भएपछि किरियापुत्री बसेर यसरी गरे दुई दिदीबहिनीले काजक्रिया

रुपन्देही टवल–१३ का हरिप्रसाद खनालको निधन भएपछि छोरीहरु किरियापुत्री बसेका छन् । छोरीहरु २० वर्षीया भावना र २२ वर्षीया विद्या खनाल हुन् ।

छोरीले बाबुको किरिया गरे पनि रुढिबादी संस्कारअनुसार मृतकलाई भार नपर्ने उनको भनाइ छ । किरिया गरेर छोरीहरूले पुरुषसरह नारीले पनि कर्तव्य निर्वाह गर्न सक्छन् भन्ने उदाहरण पनि दिएका छन् ।

यो पनि पढ्नुहोस: आधुनिकताले छोएन पशुपालक किसानलाई:पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो ।

पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौँदेखि परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् । उनीहरुले अन्य पेसालाई प्राथमिकता दिँदैनन् । यस क्षेत्रमा पशुचौपाया नपालेको कोही हुँदैन ।एक परिवारले चारवटादेखि एक हजार पाँच सयसम्म पशु पाल्ने गर्छन् ।

एकै ठाउँमा बसेर पशुपालनमा समस्या हुने हुँदा स्थानीयहरू हिउँद बर्खा लेकबेँसी गर्ने गर्छन् । पशुपालनमा आधुनिक प्रविधि भित्रिए पनि यहाँका स्थानीयलाई भने त्यो प्रविधिले छुन सकेको छैन । उनीहरु परम्परागत शैलीमै पशुपालन गर्दै आएका छन् ।स्थानीय वेदबहादुर घर्तीमगर बाउबाजेले गर्दै आएको पेसा आफूहरूले अँगाल्दै आएको बताउनुहुन्छ ।

उहाँले भन्नुहुन्छ, “नयाँ प्रविधि आयो भन्छन्, बाख्रालाई राम्रो खोर बनाएर राख्नुपर्छ भन्छन्, सुई लगाउनुपर्छ, भेडाबाख्रा निरोगी हुन्छ भन्छन् तर हामी त त्यस्तो केही गर्दैनौँ, हाम्लाई त हिउँद लागे बेँसी झर्न ठिक्क हुन्छ बर्खा लागे लेक जान ।

उहाँले १८ भैँसी र एक सय ५५ वटा भेडाबाख्रा पाल्दै आउनुभएको छ । उहाँले यसरी पशुपालन गर्दै आएको ४२ वर्ष भयो । आफू नौ वर्षको उमेरदेखि गाईभैँसी र भेँडाबाख्रा चराउन थालेको बताउने किसान घर्तीमगरले अहिलेसम्म आफ्ना पशुचौपायालाई कुनै औषधि नखुवाएको बताउनुहुन्छ । उहाँ अहिले ५१ वर्ष हुनुभयो ।

Post a Comment

Previous Post Next Post