खोलामा पौडी खेल्न गएका १६ वर्षीय मनिषको डुबेर मृ’त्यु

चितवनको शक्तिखोरस्थित कयर खोलामा पौडी खेल्दै गरेका एक जनाको डु बेर ज्यान गएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी)

नरहरि अधिकारीका अनुसार कालिका नगरपालिका-९ शक्तिखोरको कयर खोला बाँधमा पौडी खेल्न गएका १६ वर्षीय मनिष श्रेष्ठको आज दिउँसो डु बेर ज्यान गएको हो । प्रहरीले घटनाका सम्बन्धमा अन्य अनुशन्धान सुरू गरेको जनाएको छ ।

यो पनि, जुम्लामा लडेर एक पुरुषको मृत्यु – जुम्लामा जन्ती गएर घर फर्कने क्रममा एक जनाको मृत्यु भएको छ । तिला गाउँपालिका-६ का अन्दाजी ४७ वर्षीय देव रावतको लडेर मृत्यु भएको हो ।

रावतले अत्यधिक मदिरा सेवन गरेकाले लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले बताए ।सँगैका साथीहरू समयमै घर फर्किए पनि उनी नआएपछि खोजी गरिएकोमा तिला १ राराको सेरी बजारबाट घर फर्केका रावतको लडेर मृत्यु भएको हो ।

शव पो स्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने काम भइरहेको प्रहरी निरीक्षक जोशीले बताए।

Post a Comment

Previous Post Next Post