
फिल्म क्षेत्रका अधिकांश कलाकारहरु नायक सलोन बस्नेत र एयर होस्टेज करिश्मा केसीको विबाह र पार्टीमा उपस्थित भए । सो विशेष समारोहमा सलोन एक्कासी रुन पुगे ।
बहिनी सलिना बस्नेतले एउटा गीतमा नृत्य गरेपछि सलोनको आँखा रसाएका थिए । सलो न रोएपछि शोभित पनि भक्कानिए ।करिश्माले आफूले बस्नेत परिवारको एकतालाई अगाडि बढाउने बताइन् ।
यस्तै, नायक सलोन बस्नेतले पनि आफूमा रहेका केही अपूर्ण कुराहरु करिश्माको आगमन पछि पुरा भएको बताए । यसअघि बस्नेत परिवारलाई एक बनाउन आफ्ना पिताले खेलेको भूमिका अब आफूले खेल्ने सलोनको तर्क थियो ।
सो अवसरमा सलोनका बाबु शोभितले नाती वा नातिनी भएपछि सबै काम छाडेर उनीहरुकै स्याहार गर्ने बताएसँगै माहोल फेरी हासोमा गुसिञ्जएको थियो ।यसैबिच नायिका पूजा शर्मा अभिनेता सलोन बस्नेत र करिश्मा केसीको मेहेन्दी र संगीत कार्यक्रममा आफ्ना प्रेमी युद्ध बानियालाई सँगै लिएर गइन् ।
सँधै युद्धलाई पछाडी नै राखने पूजाले यसपटक पनि मिडियाको सामना गर्ने क्रममा युद्धलाई अगाडि सारिनन् । उनको कुरा आँफैले राख्दै पूजाले भनिन् युद्ध लजालु स्वभावको भएकाले मिडियामा बोल्न अप्ठ्यारो मान्ने भन्दै उनले मिडियामा बोल्नका लागि पनि उपयुक्त समय आउने बताइन् ।
उनले युद्धलाई मिडियामाझ चिनाउन नचाहे पनि सलोन९करिश्माको रिसेप्सन पार्टीमा उपस्थित भएका आफू नजिकका व्यक्तिहरुसँग भने चिनजान गराएकी थिइन् । उक्त पार्टीमा युद्धले केही पटक पूजालाई ‘सानु’ भनेर बोलाएको सुनिएको थियो । तर युद्धकी सानुले किन युद्धलाई बोल्न नदिएकी भन्दै कतिपय युट्युबरहरुले गुनासो गरिरहेका थिए ।