
महिलाहरूको समूहले कुटपिट गरेर घाइते भएकी एक महिलाको महिना दिनपछि मृत्यु भएको घटनाको मुख्य आरोपी पक्राउ परेकी छन्।
धरान १३ की उषा राईलाई कुटपिट गर्दा उषाको मृत्यु भएको आरोपमा फरार रहेकी घटनाको मुख्य आरोपी भनिएकी धरान १३ निवासी उर्मिला राई पक्राउ परेको धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए।उषा राईलाई कुटपिट भएको एक महिनापछि मृत्यु भएको घटना चर्कँदै गएको छ ।
मृतकलाई न्याय दिनुपर्ने र कुटपिटमा संलग्नहरूलाई कारबाही हुनुपर्ने माग पक्राउ परेकी मुख्य आरोपित उर्मिलाको घर घेराउ घेराउ गर्दै महिलाहरूले नाराबाजी लगाएर घेराउ गरेका छन्। अहिले मृतकका छरछिमेक, आफन्तजन तथा विभिन्न वडाका महिलाहरू भेला भएर नाराबाजी गरिरहेका छन् ।
उनीहरूले जाहेरीमा उल्लेख भएका सबैलाई पक्राउ गर्नुपर्ने, मुख्य आरोपीको श्रीमान् गोविन्द राईलाई पनि नियन्त्रणमा ल्याउनुपर्ने माग गर्दै नारा लगाइरहेका छन् ।धरानमा महिलाहरु आवद्ध संघसंस्थाहरुको छाता संस्थाकोरुपमा रहेको महिला सञ्जालले पनि ईलाका प्रहरी, इलाका प्रशासन र उपमहानगरपालिकामा न्यायिक समिति प्रमुख तथा उपमेयर अइन्द्रबिक्रम बेघालाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।
घटना दुःखद् भएको भन्दै सञ्जालले यथाशिघ्र सत्यतथ्य छानबिन गरि दोषीलाई कडाभन्दा कडा कारबाही गर्न पनि माग गरेको छ ।उक्त घटनाको मुख्य आरोपी उर्मिला राई पक्राउ परिसकेकी छिन् । अन्य भने फरार छन् ।
आन्दोलनरत महिलाहरूको अडानको कारण मृतकको पोस्टमार्टम पनि हुन सकेको छैन । यता इलाका प्रहरी कार्यालय धरानमा पनि नाराबाजी चलिरहेको समयमा पक्राउ परेकी उर्मिलालाई म्याद थप गर्नु जिल्ला अदालत लाने समयमा उर्मिलाको हातमा हत्कडी नलगाएको र उर्मिलाले गाडिबाट हात लोपारेको भन्दै आन्दोलनकारिहरु उर्मिलाको घरमै पुगेर घर घेराउ गरेका हुन्।
आन्दोलनकारीले ढुङ्गा हान्दा प्रहरीले सरकारी भवनमा ढुङ्गा प्रहार नगर्नु र तोडफोड नगर्नु आग्रह गरेको थियो।मृतक उषा २ छोरीको साथ डेरामा बस्थिन्। उनको श्रीमानको करिब २ बर्सअघि नै मृत्यु भइसकेको थियो।
उनले कपडा सिलाएर घर खर्च जुटाइरहेका थिइन्। सुरुमा उनी मुख्य आरोपी उर्मिलाकै घरको डेरामा बस्थिन्। करिब ५ महिना अघि मात्र उनी धरान १३ सूर्य मार्गमा रहेको एक डेरा सरेकी थिइन्। उनलाई कुटपिट भएपछि उपचारको लागि बिपी प्रतिष्ठान लगिएको थियो