
जापानको राजधानी टोकियोमा प्रहरीहरुले आफ्नै काखे छोरीलाई छुरी प्रहार गरेको आरोपमा एक युवतिलाई पक्राउ गरेका छन् ।
राजधानीको इताबासी कुस्थित एउटा अपार्टमेन्टमा ३० वर्षकी एक युवतिले एक वर्ष पनि नपुगेकी आफ्नो नबालक छोरीको डाढमा छुरी प्रहार गरेको घटना सार्वजनिक भएको छ ।
प्रहरीका अनुसार बालिका गम्भीर घाइते छिन् ।
तर अस्पताल पुर्याउँदासम्म उनी होशमै भएको बताइएको छ । नाबालकको हत्या गर्ने प्रयास गरेको आशंकामा महानगरी प्रहरी विभागका प्रहरीहरुले युवतिलाई पक्रिएका छन् ।
डिसेम्बर २ मा बिहान १० बजेपछि इताबाशी वडाको तोकुमारुस्थित सो अपार्टमेन्टबाट प्रहरीलाई फोन आएको थियो । प्रहरी घटनास्थलमा पुग्दा बालिकाको डाढबाट रगत आएको थियो ।
उनलाई तत्कालै अस्पताल लगियो । बालिकाको डाढमा चक्कु प्रहार भएको देखेपछि प्रहरीले आमालाई घटनास्थलबाटै पक्राउ गरेको थियो प्रहरीले पक्राउ गर्दा खेरिसम्म बालिकाको आमा आक्रोशित अवस्थामा रहेको र पर्याप्त अनुसन्धान हुन नपाएको भन्दै प्रहरीले घटनाबारे थप विवरण दिएको छैन । यस घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।