गेष्ट हाउसको छतमा बाल्टीमा राखेको पानीमा डुबेर बालकको मृत्यु


काठमाडौं महानगरपालिका–९ गौशाला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा राखेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गेष्ट हाउसमा बस्ने बाँके बैजनाथ–३ घर भएका ३० वर्षीय राजबहादुर चौधरीका छोरा चार वर्षीय आरोज चौधरी छन् ।

शनिबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेर गम्भीर घाइते भएका उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । –न्युज कारखाना

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post