पोखरा महानगरपालिका वडा नम्बर १४, खाल्टेमसिना स्थित जागृति मार्गमा एक युवक झु न्डिएको अवस्थामा फेला परेको छ ।
स्याङ्जाको विरुवा घर भएका १९ वर्षीय राम गुरुङ खाल्टेमसिनामा डेरामा बस्दै आएका थिए । शनिबार राति २ बजेसम्म पब्जि खेलेर बसेका उनी सुत्ने बेलामा ट्वाइलेट जान कोठा बाहिर निस्केका थिए ।
कास्कीका निमित्त प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार आइतबार बिहान घरको ट्वाइलेटमा झु न्डिएको अवस्थामा उनी फेला परेका हुन् ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अहिले शवलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ,’ डिएसपी तिवारीले भने ।
त्यस्तै, पोखरामा नेपालका महानगरपालिकाका मेयरहरुको सम्मेलन हुने भएको छ । साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो ।
महानगर सन्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदान प्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यले बताए ।
उनका अनुसार गाउँपालिका र नगरपालिकाका समस्या सुनाउनका लागि आफ्नै संरचना भएपनि महानगरको छुट्टै संरचना नभएका कारण भेलाले साझा समस्या खोजेर समाधानका लागि सम्बन्धित निकायमा सुझाव दिनेछ ।
यसअघि पनि पोखराकै आयोजनामा मेयर सम्मेलन भएको थियो । सम्मेलनमा महानगरको संचालन कानुन फरक हुनुपर्ने आवाज उठे पनि कार्यान्वयनमा गएन ।यसपालि पनि महानगरको छुट्टै सन्चालन ऐन निर्माणका लागि छलफल हुन सक्ने बताइएको छ । ‘धेरै चुनौति छन् ।
ति चुनौती पार लाउन आपसी भेटघाट र छलफल हुनुपर्छ,’ आचार्यले भने, ‘एउटा प्रक्रियाको सुरुवात मात्रै हो । यसपछि निरन्तर बैठक हुनेछ ।
आचार्यले १ महिनाअघि देखि मेयर सम्मेलनको लागि निम्तो गरेका थिए । सबै महानगरका मेयरसँग छलफल गरेर भेला आयोजना गरिएको उनले बताए ।
६ वटा महानगरमध्ये ललितपुर र भरतपुरमा पूरानै मेयर छन्भने अरु सबै महानगरमा नयाँ मेयर निर्वाचित भएका छन् । पुराना मेयरको अनुभव सुनेर नयाँ मेयरले कामको कार्ययोजना बनाउन सजिलो हुने पोखरा महानगरले जनाएको छ ।