आफुमाथि ढुगां प्रहार भएपछि यस्तो भनिन् समिक्षा अधिकारीले

चर्चित गायिका समीक्षाअधिकारीमाथि ढुङ्गा प्र’हार भएको छ। समिक्षा एक साङ्गीतिक कार्यक्रममा गएको मौका छोपेर उनी माथि ढुङ्गा प्रहार भएको हो। समिक्षालाई संखुवासभा खाँदबारी पाङ्ठामा आयोजित साङ्गीतिक कार्यक्रममा ढुङ्गा प्रहार भएको खुलेको छ ।

समिक्षाले गाइरहँदाँ उनीमाथि ढुङ्गा प्र’हार भए लगत्तै कार्यक्रमस्थलमा भागदौड मच्चिएको थियो । आँफुमाथि ढुंगा हानिएसँगै समिक्षाले स्टेजबाटै यसो नगरिदिनुस् तपाईंको घरमा पनि दिदी बहिनी होला, राम्रो, नराम्रो भन्ने त जसको पनि भइहाल्छ नि भन्ने आसय व्यक्त गरेकी थिइन।

१४ वर्षको उमेरमा चलचित्र ‘नाई नभन्नू ल ५’मा समावेश ‘बालापनको उमेर’ बोलको गीतमा स्वर दिएर गायनमा पाइला राखेकी समीक्षा गतवर्षबाट एक नायकसँगको प्रकरणमा जोडिएसँगै उनी विबादमा तानिएकी हुन् ।

समिक्षासँगको प्रकरणमा जोडिएका अभिनेतालाई जिल्ला अदालत नवलपुरले साडे २ वर्ष जेल र १० लाख जरिवाना तोकेको भएता पनि समिक्षाले अदालतले दिलाइदिने भनेको उक्त रकम अस्विकार गरेकी थिइन् । समीक्षाले सामाजिक संजालका मार्फत आँफुले उक्त रकम नलिने बतएकी थिइन् ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post