
काठमाडौंको नारायण गोपाल चोकमा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।काठमाडौं महानगरपालिका वडा नम्बर ३ नारायण गोपाल चोकबाट करिब ५० मिटर पश्चिमतर्फ वसुन्धरा सडक खण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेहरूमा कास्कीका ४७ वर्षीय बेलबहादुर राना र ४१ वर्षीय कल्पना राना मगर रहेको प्रहरीको भनाइ छ। मृतक दुबै जना श्रीमान–श्रीमति भएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा भएको ना. ८ ख.१८४१ को ट्रक चालक चितवन राप्ती नगरपालिकाका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।