
काठमाडौँ : सर्लाहीको हरिवन–११ मा एक जोडीले चार दिनको फरकमा संसार त्यागेका छन्। हरिवन ११ का २१ वर्षीय रोहित बानियाँले आत्महत्या गरे को चार दिनको दिन सोही ठाउँकी २० वर्षीया प्रमि ता साहले पनि आत्महत्या गरेकी प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारका अनुसार गएको शनिबार रोहि तले आफ्नै घरमा आत्महत्या गरेका थिए। प्रमिता को शव आज (मंगलबार)
बिहान आफ्नै घरको दोस्रो तलामा झुण्डिएको अव स्थामा फेला परेको ताम्राकारले जानकारी दिए। प्र मिताको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्प ताल मलंगवा लगिएको छ।
एक स्थानीयका अनुसार रोहित र प्रमिता बिगत ती न वर्षदेखि प्रेम सम्बन्धमा थिए। तर, दुबै पक्षका अ भिभावकले उनीहरुलाई विवाहको अनुमति दिएका थिएनन्।
सोही आवेगमा उनीहरुले आत्महत्या गरेको हुनस क्ने अनुमान गरिएको छ। रोहित र प्रमिता दुबै कक्षा १२ का विद्यार्थी हुन्।घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ताम्राकारले बताए।